Kathmandu Press

बेल्जियमलाई हराउँदै फ्रान्स नेसन्स लिगको फाइनलमा

काठमाडाैं, असाेज २२ : विश्वविजेता फ्रान्स युईएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति इटालीको युभेन्टस रंगशालामा भएको खेलमा २ गोलले पछि...
बेल्जियमलाई हराउँदै फ्रान्स नेसन्स लिगको फाइनलमा

काठमाडाैं, असाेज २२ : विश्वविजेता फ्रान्स युईएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति इटालीको युभेन्टस रंगशालामा भएको खेलमा २ गोलले पछि परेको अवस्था उल्टाउँदै फ्रान्सले फाइनल यात्रा तय गरेको हो।

बिहीबार राति भएको खेलमा विश्व नम्बर एक बेल्जियमविरुद्ध पहिलो हाफमै २ गोलले पछि परेको अवस्था उल्टाउँदै फ्रान्स ३–२ले विजयी भयो। अब उसले उपाधिका लागि स्पेनको सामाना गर्ने छ । स्पेन युरोपियन च्याम्पियन इटालीलाई हराउँदै फाइनल पुगेको हो।

पहिलो हाफमा यानिक करास्को र रोमेलु लुकाकुले गोल गरेपछि बेल्जियमले २–०को अग्रता लियो । करास्कोले ३७औं र लुकाकुले ४०औं मिनेटमा गोल गरेका थिए। यी दुवै गोलमा असिस्ट केभिन डे ब्रुयनले गरेका थिए।

तर, दोस्रो हाफमा फ्रन्स खेलमा फर्कियो । र, फाइनलमा स्थान सुरक्षित ग¥यो । ६२औं मिनेटमा करिम बेन्जिमाले किलियन एम्बाप्पेको पास गोल गर्दै फ्रान्सलाई खेलमा फर्काए।

६९औं मिनेटमा एम्बाप्पेले गोल गर्दै खेललाई बराबरीमा ल्याए । युरी टिइलेमन्सले एन्टोइन ग्रिजमनलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा एम्बाप्पेले गोल गरेका थिए । त्यसपछि निर्धारित समयको अन्तिम मिनेटमा थियो हर्नान्डेसले गोल गर्दै फ्रान्सलाई जित दिलाए।

 

प्रकाशित मिति: ०९:४२ बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्