Kathmandu Press

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं, असोज २२ : नेकपा (एमाले)को विरोधका कारण अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक आज बस्न लागेको छ।आज दिउँसो १ बजे बैठक बस्ने संसद्...
आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं, असोज २२ : नेकपा (एमाले)को विरोधका कारण अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक आज बस्न लागेको छ।

आज दिउँसो १ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाले संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

त्यस्तै, प्रधानमन्त्री एवं भौतिक पस्र्वाधार तथा यातायातमन्त्री देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएर प्रतिनिधि सभामा विचाराधीन रेल्वे विधेयक, २०७६ु फिर्ता लिन राष्ट्रिय सभाको सहमतिका लागि प्रतिनिधि सभाको सिफारिश प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

एमाले सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति असन्तुष्टि जनाउँदै विरोध गर्दै आएका छन्। आज पनि एमाले सांसदले विरोध गर्ने जनाएका छन्।

प्रकाशित मिति: ०७:२७ बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्