नौ कलाकारलाई नवदुर्गा सम्मान
काठमाडौं, असोज २२ : कलाकारिताका क्षेत्रबाट नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नौ जना कलाकारलाई राष्ट्रिय नवदुर्गा सम्मान प्रदान गरिएको छ।रेजिना इन्टरटेनमेन्ट...
काठमाडौं, असोज २२ : कलाकारिताका क्षेत्रबाट नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नौ जना कलाकारलाई राष्ट्रिय नवदुर्गा सम्मान प्रदान गरिएको छ।
रेजिना इन्टरटेनमेन्ट प्रालि र शहीद फिल्मस् प्रालिले आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, लक्ष्मी गिरी, मौसमी मल्ल र शर्मिला मल्ललाई सम्मान गरिन्।
त्यसैगरी मन्त्री भुसालले अभिनेत्री केकी अधिकारी, सुरक्षा पन्त, निता ढुङ्गाना, रामराज्यलक्ष्मी शाह र उपासनासिंह ठकुरीलाई पनि सम्मान गरिन्।
कार्यक्रममा बोल्दै मन्त्री भुसालले समावेशिताका कारण राज्यका सबै क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको बताइन्। उनले राज्यका हरेक संरचनासहित अन्य क्षेत्रको नेतृत्व तहमा महिलालाई पुर्याउनका निम्ति भएका ऐन/कानुनको कार्यान्वयन गर्न सकारात्मक दबाब दिनुपर्नेमा जोड दिइन्।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कोरोनाका कारण बन्दाबन्दी भएर चलचित्र हल बन्द हुँदा पनि राज्यले त्यतिबेलाको बिजुलीको बिल तिर्नुपरेको गुनासो गर्दै त्यसलाई छुट गर्नुपर्ने माग गरे।












