आईपीएलमा पन्जावले चेन्नईलाई ६ विकेटले हरायो
काठमाडौं, असोज २१ : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो लिगको अन्तिम खेलमा पन्जाव किंग्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ।जितको...
काठमाडौं, असोज २१ : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो लिगको अन्तिम खेलमा पन्जाव किंग्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ।
जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको पन्जावले १३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। यो जितसँगै पन्जावको प्लेअफमा पुग्ने अंक गणीतिय सम्भावना कायमै रहेको छ।
पन्जावका कप्तान राहुल ९८ रनमा अविजित रहे। उनले ४२ बलमा ७ चौका र ८ छक्का प्रहार गरे। यता, मयंक अग्रवाल १२ र एडेन माक्ररम १३ रनमा आउट भए। चेन्नईका लागि शार्दूल ठाकुरले सर्वाधिक ३ र दीपक चाहर १ विकेट लिए। त्यसअघि दुबईमा टस हारेर ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो।
पन्जावलाई प्लेअफमा पुग्न अन्य टोलीको नतिजाले प्रभाव पार्नेछ। १२ अंकनै भएका मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सले एकरएक खेल्न बाँकी छ। यी दुई टोली मध्य एक टोली विजयी भएमा पन्जाव बाहिरिने छ।
दिल्ली क्यापिटल्स १३ खेलमा १० मा जित र ३ मा हारसहित २० अंकका साथ शीर्षस्थानमा छ। चेन्नई सुपर किंग्स १४ खेलमा ९ जित र ५ मा हारसहित १८ अंकका साथ दोस्रो स्थानमा छ।











