Kathmandu Press

श्रोत नखुलेको रकमसहित पक्राउ

श्रोत नखुलेको रकमसहित पक्राउ

पर्सा, असोज २१ : वीरगंज महानगरपालिका १६ शंकराचार्य गेटबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन्। तीन लाख ७८ हजार नेपाली रुपैयाँसहितकाठ भारत बिहार राज्य ग्राम पञ्चायत रक्सौल ४ बस्ने २५ वर्षीय सुजित कुमार गुप्तालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

भारतबाट नेपालतर्फ आउँदै गरेको विआर २२ सी २७६३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक गुप्तालाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १९:०३ बजे, बिहीबार, असोज २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्