Kathmandu Press

नमुनाका रुपमा कक्षा १ देखि ३ सम्म स्वाध्ययन सामग्री मेरो गणित

भक्तपुर, असोज २१  : सरकारले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँगको साझेदारीमा १, २ र ३ मा  गणित विषयलाई गुणस्तरीय बनाउन ल्याएको परियोजना कार्यान्वयनमा...
नमुनाका रुपमा कक्षा १ देखि ३ सम्म स्वाध्ययन सामग्री मेरो गणित

भक्तपुर, असोज २१  : सरकारले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँगको साझेदारीमा १, २ र ३ मा  गणित विषयलाई गुणस्तरीय बनाउन ल्याएको परियोजना कार्यान्वयनमा आएको छ।

देशको आधारभूत शिक्षाको गुणस्तर सुधारका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा जाइका बीच १५ नोभेम्बर २०१८ मा भएको सम्झौताअनुसार १०१९ देखि २०२४ सम्म पाँच वर्षका लागि सञ्चालन गर्ने भनिएको सो परियोजना चाँगुनारायण नगरपालिकामा बिहीबारदेखि सुरू भएको हो।

नेपालका विद्यालयका शैक्षिक गुणस्तर सुधार गर्ने परियोजना अर्थात् (प्रोजेक्ट अफ इम्प्रुभिङ द क्वालिटी फर स्कुल एजुकेशन इन नेपाल) नेपालको चार जिल्लामा नमुना कार्यक्रमका रूपमा सञ्चालन गरिएको छ।

Hardik ivf

परियोजनाले कक्षा १, २ र ३ को विद्यार्थीका लागि ‘स्वाध्याय सामग्री मेरो गणित’ नामक पुस्तक प्रकाशन गरी यहाँका ३७ सामुदायिक विद्यालयका १ हजार ८ सय विद्यार्थीका लागि उपलब्ध गराएको छ। 

परियोजनाको जिल्ला कार्यक्रम अधिकृत लक्ष्मी पाण्डेले परियोजनाअन्तर्गत पाठ्यपुस्तक प्रकाशन गरी नगरभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई बुधबार पुस्तक हस्तान्तरण गरिएको र विद्यालयले पनि छिटै सबै विद्यार्थीको हातहातमा पुस्तक पु¥याउनेको जानकारी दिए।

गणित विषयको आधारभूत दक्षता हासिल गर्न तयार पारिएको यस पाठ्यक्रम तथा पाठ्य सामग्री विद्यार्थीले विद्यालयमा मात्र नभई घरमा अभिभावकको सहयोगमा गणित सिक्न सहज हुने बताइएको छ।

सरकारले नमूनाका रूपमा यो परियोजना चाँगुनारायण नगरपालिका, तनहुँको बन्दीपुर गाउँपालिका, महोत्तरीको पिपरा गाउँपालिका र जुम्लाको तातोपानी गाउँपालिकामा लागू गरेको हो। पुस्तकभित्र शिक्षकले र अभिभावकसमेतले निर्वाह गर्नुपर्ने भूमिका र उदाहरणसहितको अभ्यासका साथै कक्षागत पाठ्यपुस्तकभित्रै रहेका विभिन्न विषयलाई समेटिएको छ।

कार्यक्रम अधिकृत पाण्डेले बालबालिकाप्रति अभिभावकलाई समेत जिम्मेवार बनाउने गरी एकीकृत पाठ्यक्रममा आधारित रहेर पाठ्यपुस्तक तयार पारिएको जानकारी दिए। 

परियोजनाका प्रतिनिधि विष्णु आचार्यले कोभिड–१९ ले पठनपाठनमा पारेको असर  घटाउने र सिकाइमा उपलब्धि दिने गरी शिक्षा निर्देशिकाअनुसार नै एकीकृत पाठ्यक्रममा आधारित रहेर पुस्तक तयार पारिएको बताए। यसले विद्यार्थीलाई घरमै बसेर पनि पढ्ने बानी बसाल्नाका साथै किताब हातमा परेपछि विद्यार्थी त्यसमै भुल्ने गरी सचित्र पुस्तक तयार पारिएको उनले बताए। परियोजनामा गणित कसरी पढाउने भनेर पाँच दिन शिक्षकलाई तालिम दिइने योजना रहेको प्रतिनिधि आचार्यले जानकारी दिए। 

यसबारे शिक्षा विकास तथा समन्वय एकाइका जिल्ला प्रमुख रमेशप्रसाद मैनालीले सिकाइलाई उपलब्धिमूलकका साथै व्यावहारिक बनाउन यो अत्यन्तै उपयोगी हुने चर्चा गरे। सरकारको नमूना कार्यक्रम भएकाले यो यहाँ सफल भयो भने देशको ७७ वटै जिल्लाका सामुदायिक विद्यालयमा लागू हुने उनले बताए। 

नगरपालिका शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले नयाँ स्वरुपमा नेपालमै पहिलोपटक लागू भएको गणित शिक्षाको विकासमा यो कोशेढुङ्गा सावित हुने जिकिर गरे। नेपालको शिक्षामा गणितमा धेरै विद्यार्थी कमजोर भएकाले ल्याइएको स्वाध्याय सामग्रीमा  शिक्षक र अभिभावक जिम्मेवार बन्न सके नमूना परियोजनाले सफलता हात पार्ने बताए। 

सोही शाखाकी मीरा तिमिल्सिनाले पाठ्यपुस्तक दसैंअगाडि नै विद्यार्थीको हातहातमा पु¥याएर लामोे बिदामा समेत सिकाइ उपलब्धि हासिल गर्न सक्ने गरी व्यवस्था गरिएको जानकारी दिए।

प्रकाशित मिति: १७:०५ बजे, बिहीबार, असोज २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्