Kathmandu Press

पिण्ड सेलाउने क्रममा हिजो नदीमा बेपत्ता, आज मृत फेला 

गोरखा, असोज २१ : श्राद्ध सकेर नदीमा पिण्ड सेलाउने क्रममा डुबेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ।मस्याङ्दी नदीमा डुबेर बेपत्ता भएका गोरखा नगरपालिका-१४...
पिण्ड सेलाउने क्रममा हिजो नदीमा बेपत्ता, आज मृत फेला 

गोरखा, असोज २१ : श्राद्ध सकेर नदीमा पिण्ड सेलाउने क्रममा डुबेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ।

मस्याङ्दी नदीमा डुबेर बेपत्ता भएका गोरखा नगरपालिका-१४ गोप्लिङका ४७ वर्षीय पूर्णबहादुर दराईको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

Hardik ivf

बुधबार दिउँसो करिब ३ः३० बजे सो नदीमा श्राद्धपछि पिण्ड सेलाएर पौडी खेल्ने क्रममा नदीले बगाएर उनी बेपत्ता भएका थिए।

घटनालगत्तै प्रहरी र स्थानीयवासीले खोजी गरेको भए पनि फेला नपरेपछि कुरिनटारस्थित विपद् सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालयबाट गोताखोरको टोली झिकाएर खोजी गर्ने क्रममा आज बिहान शव फेला परेको जनाइएको छ। 

बेपत्ता भएको स्थलदेखि केही तलबाट उनको शव फेला परेको प्रहरी नायब उपरीक्षक दाहालको भनाइ छ।

प्रकाशित मिति: १७:०१ बजे, बिहीबार, असोज २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्