Kathmandu Press

गोरखा दरबारको दसैंघरमा विधिपूर्वक राखियो जमरा

गोरखा, असोज २१ : गोरखाको कालिका मन्दिरमा रहेको दसैंघरमा आज विधिपूर्वक जमरा राखिएको छ। बिहान ११ बजेर ४६ मिनेटको शुभसाइतमा जौको जमरा राखिएको गोरखा...
गोरखा दरबारको दसैंघरमा विधिपूर्वक राखियो जमरा

गोरखा, असोज २१ : गोरखाको कालिका मन्दिरमा रहेको दसैंघरमा आज विधिपूर्वक जमरा राखिएको छ। बिहान ११ बजेर ४६ मिनेटको शुभसाइतमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए।

परम्पराअनुसार बिहान सबेरै भुकभुके उज्यालो (बिहान नाडीको रौं देखिने बेला) मा देवी भगवतीको सवारी गराएपछि कालिका भगवतीको मन्दिर र गोरखनाथ गुफामा जमरा राखिएको उनले बताए। कालिका भगवती मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको प्रमुख भुसालले जानकारी दिए। 

Hardik ivf

यसअघि मूल दरबारको कैलाश कोठाबाट भित्री बाटो हँुदै देवी भगवतीका सवारी गराउने प्रचलन रहँदै आएको भए पनि भूकम्पले मूल दरबारमा पूर्ण क्षति पुगेकाले कैलाश कोठाको स्थापना गरी देवीको सवारी गराइएको कालिका मन्दिरका मूल पूजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए।

जमरा राख्नुअघि मूल दरबारमा नै पानी घडी स्थापना गर्नुपर्ने प्रचलन रहेको भए पनि दरबार जीर्णोद्धारका लागि भत्काइएकाले नयाँ स्थानमा पानी घडी स्थापना गरी घटस्थापना गरिएको उनले बताए। 

गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मालम्बीले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहँदै आएको छ। बडादसैंमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ।

प्रतिपदा सुरु भएसँगै कालिका मन्दिरमा नियमित रुपमा कालो बोका बलिदिने प्रचलन रहँदै आएको छ।

यस्तै घटस्थापनाका बिहानको शुभसाइतमा गोरखाको मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका पूजारी इन्सान थापाले जानकारी दिए। मनकामना मन्दिरमा भने मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको उनले बताए। परम्पराअनुसार विगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नुपर्ने भएका कारण सोहीअनुसार  नित्य पूजा गरी जमरा राखिएको मूल पुजारी थापाले जानकारी दिए। गणेश र कलस स्थापना गरी दुवै ठाउँमा जमरा राखिएको उनको भनाइ छ।

कोरोना सङ्क्रमणको जोखिम कायमै रहेका कारण मन्दिरमा सर्वसाधारणका लागि खुला गरिएको भए पनि घटस्थापनाका दिन ठूलो भीडभाड हुने जिल्लाका सबैजसो शक्तिपिठ मनकामना मन्दिर, कालिका मन्दिर, गोरखनाथ गुफा अघिल्ला वर्षमा जस्तो भक्तजनको भीडभाड भने कम रहेको छ।

प्रकाशित मिति: १६:४२ बजे, बिहीबार, असोज २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्