Kathmandu Press

चार लाख २४ हजार घर पुनःनिर्माण

काठमाडौं, साउन २० : भूकम्पबाट क्षति भएका चार लाख २४ हजार नौ सय ७७ घर पुनःनिर्माण भएका छन्।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार, थप दुई ....

चार लाख २४ हजार घर पुनःनिर्माण

काठमाडौं, साउन २० : भूकम्पबाट क्षति भएका चार लाख २४ हजार नौ सय ७७ घर पुनःनिर्माण भएका छन्।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार, थप दुई लाख १४ हजार तीन सय १४ घर पुनःनिर्माण भइरहेका छन्। पुनःनिर्माण भएका र बनाउदै गरेका गरी ६ लाख ४४ हजार दुई सय ९१ घर पुनःनिर्माणको प्रक्रियामा रहेको पूनःनिर्माण प्राविधिकरणले जनाएको छ।

यो पुनःनिर्माण गर्नुपर्ने घरको ८३ प्रतिशत हो। प्राधिरणकासँग अनुदान सम्झौता गरेका लाभग्राहीको संख्या सात लाख ७३ हजार चार सय ४७ रहेको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्षभित्रै निजी आवास पुनःनिर्माणको काम सम्पन्न हुने बताए। ‘गुनासा, जोखिममा परेका बर्ग र बस्ती स्थानान्तरणमा अर्को आर्थिक वर्षमा पनि कम हुन सक्छ, अरु सबै यहि आर्थिक वर्षमै सम्पन्न गर्छौ,’ ज्ञवालीले भने।

प्राधिकरणका सहसचिव एवं प्रवक्ता पिताम्बर घिमिरेका अनुसार अनुदान सम्झौता गरेकामध्ये सात लाख ६५ हजार दुई सय २१ परिवारले पहिलो किस्ता बुझेका छन् भने पाँच लाख ९९ हजार चार सय ३९ परिवारले दोस्रो किस्ता बुझेका छन्।

तेस्रो किस्ता बुझ्ने लाभग्राहीको संख्या चार लाख ७४ हजार एक सय १९ रहेको छ।

 

प्रकाशित मिति: १४:५३ बजे, सोमबार, साउन २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्