Kathmandu Press

एकीकृत समाजवादीबाट मन्त्रीको नाम टुंगो लाउने जिम्मा अध्यक्ष नेपाललाई

काठमाडौं, असोज २१ : नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीको नाम टुंगो लाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ।आज (बिहीबार) बसेको सो पार्टीको स्थायी...
एकीकृत समाजवादीबाट मन्त्रीको नाम टुंगो लाउने जिम्मा अध्यक्ष नेपाललाई

काठमाडौं, असोज २१ : नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीको नाम टुंगो लाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ।

आज (बिहीबार) बसेको सो पार्टीको स्थायी कमिटी बैठकले कसलाई मन्त्री बनाउने र कुन मन्त्रालय दिने भनी टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई दिएको एक नेताले बताए ।

एकीकृत समावादीले चार मन्त्री र एक राज्यमन्त्री पाएको छ। मन्त्रालय भने टुंगो नलागिसकेको हुँदा सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक अहिले बसिरहेको छ।

प्रकाशित मिति: १४:२३ बजे, बिहीबार, असोज २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्