Kathmandu Press

२६ दिनपछि खुल्यो संसद, नेम्वाङको स‌ंयाेजकत्वमा विशेष समिति

काठमाडौं, साउन २१ः प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले २६ दिनदेखि लगातार अवरोध गर्दै आएको प्रतिनिधिसभा बैठक आजदेखि सुचारु....

२६ दिनपछि खुल्यो संसद, नेम्वाङको स‌ंयाेजकत्वमा विशेष समिति
काठमाडाैंप्रेस

काठमाडौं, साउन २१ः प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले २६ दिनदेखि लगातार अवरोध गर्दै आएको प्रतिनिधिसभा बैठक आजदेखि सुचारु भएको छ।

बैठकले पूर्वसभामुख नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङको संयोजक रहेको अध्ययन तथा सुझाव विशेष समिति गठन गरेको छ। सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाबाट गठन गरेको विशेष समितिमा राजपाका उमाशंकर अड्गरिया, नेकपा प्रमुख सचेतक देव गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल, कांग्रेस सांसद् मिनेन्द्र रिजाल र नेकपाका सांसद् विन्दा पाण्डे छन् । 

सभामुख महराले फेरि यस्तो गतिरोध नहोस् भनेर ३० दिनभित्र प्रतिवेदन बुझाउने गरी उक्त विशेष समिति गठन गरेको प्रतिनिधिसभामा बताए । उक्त समिति प्रतिनिधिसभाले सर्वसम्मत रुपमा गठन गरेको हो । 

बैठकमा बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले सभामुखको सार्थक भूमिकामा जोड दिएकी थिइन् । उनले भनिन्, ‘हामी कुरा संसद्बाटै हल होस् भन्ने चाहन्छौँ । आगामी दिनमा यसमा सभामुखको सार्थक भूमिकाको सार्थक भूमिका होस् भन्ने चाहन्छु ।’

राजपाका सांसद् राजकिशोर यादवले अवरुद्ध खुलाउन सभामुखले खेलेको भूमिकाको प्रशंसा गरे । उनले भने, ‘आज राजनीतिमा फेरि एक पटक संवादबाटै हल गर्न सकिन्छ भन्नेले जितेको छ । यसका लागि म सभामुखलाई विशेष धन्यवाद दिन्छु ।’

नेकपा प्रमुख सचेतक देव गुरुङले पनि सभामुखको पहलमा संसद् खुलेको बताउँदै उनको प्रसंशा गरे ।

प्रकाशित मिति: १४:४६ बजे, सोमबार, साउन २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्