Kathmandu Press

देशभर दूध उत्पादन घट्याे, बजारमा अभाव हुँदै

काठमाडौं, साउन २० : उत्पादन घटेपछि केही सातायता दूधको अभाव हुन थालेको छ। यो दशैंसम्म रहने नेपाल डेरी एसोसिएसनले जनाएको छ।

अहिले माग धेर....

देशभर दूध उत्पादन घट्याे, बजारमा अभाव हुँदै

काठमाडौं, साउन २० : उत्पादन घटेपछि केही सातायता दूधको अभाव हुन थालेको छ। यो दशैंसम्म रहने नेपाल डेरी एसोसिएसनले जनाएको छ।

अहिले माग धेरै हुने समयमा दूधको उत्पादन घट्दा अभाव सिर्जना हुन थालेको एसोसिएसनले जनाएको छ। केही महिनादेखि दूधको उत्पादन घटेको एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए।

Hardik ivf

सरकारले धुलो दूध ल्याउन रोक लगाउँदा पनि बजारमा समस्या उत्पन्न हुन थालेको अध्यक्ष सापकोटाले बताए। ‘अहिले देशभर दूधको उत्पादन १० प्रतिशतले घटेको छ,’  सापकोटाले भने, ‘त्यसमाथि सरकाले धुलो दूध ल्याउन रोकेपछि डेरी उद्योग संकटमा पर्न थालेका छन्।’ सरकारले आठ महिनायता धुलो दूध ल्याउन दिएको छैन।

दूधको अभाव हुँदा केही डेरी उद्योग बन्द हुने अवस्थामा रहेको जनाएको छ। काभ्रेको अन्नपूर्ण  र भक्तपुरको अनमोल डेरी बन्द हुने अवस्था पुगेको अध्यक्ष सापकोटाले बताए। ‘यस्तै अवस्था रहे अझै केही डेरी उद्योग बन्द गर्ने अवस्था आउनसक्छ,’ उनले भने।

अहिले चलेका डेरीमा पनि ३० देखि ४० प्रतिशतले दूधको मात्रा घटेको एसोसिएसनले जनाएको छ। यो अवस्था दशैंसम्म रहने अध्यक्ष सापकोटाले बताए।

दूधको उत्पादन घटेको र व्यवासयीसँग रहेको धुलो दूध पनि सकिएकाले दशैंसम्म अभाव सिर्जना हुने राष्ट्रिय दूग्ध विकास बोर्डका महासचिव रामप्रसाद आचार्यले  बताए।

नेपाल डेरी एसोसिएसनका अनुसार, देशभर ४८ लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको छ। देशभरका दूग्धजन्य उद्योगमा २० अर्बभन्दा बढीको लगानी रहेको छ।

प्रकाशित मिति: १४:४१ बजे, सोमबार, साउन २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्