Kathmandu Press

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी, असोज २१ : सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लायन्स क्लब चोकमा सवारी दुर्घटनामा परेर गए राति दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा इनरुवा–२ का २५ वर्षीय सुशान्त भट्टराई र सङ्खुवासभा चिचिला–२ का २० वर्षीय विभिषण विक रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। 

Hardik ivf

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को२०प ६७४७ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना६ख ५६८१ नम्बरको ट्रकले ठक्कर दिँदा दुवै जना गम्भीर घाइते भएका थिए। घाइते दुवै जनालाई उपचारका लागि कोशी अस्पताल विराटनगर लैजाने क्रममा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ।

शव परीक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएको छ। ट्रक र चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–९ का ३१ वर्षीय अर्जुन गिरी प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए। 
 

प्रकाशित मिति: ०९:१५ बजे, बिहीबार, असोज २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्