Kathmandu Press

सिँचाइ गर्दा करेन्ट लागेर मृत्यु

बारा, असोज २१ : बारामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।महागढीमाई नगरपालिकाको ब्रह्मपुरीका ५० वर्षीय रामेश्वर महतोको मृत्यु भएको...
सिँचाइ गर्दा करेन्ट लागेर मृत्यु

बारा, असोज २१ : बारामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

महागढीमाई नगरपालिकाको ब्रह्मपुरीका ५० वर्षीय रामेश्वर महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Hardik ivf

प्रहरीका अनुसार बारीमा रहेको पानी तान्ने मोटरमा जडान गरेको तारबाट करेन्ट लागेको  हो। उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

उपचारका लागि तत्कालै जिल्ला अस्पताल कलैया लगिएको थियो। तर, अस्पताल नपुग्दै बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०६:५१ बजे, बिहीबार, असोज २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्