Kathmandu Press

ग्राण्डी अस्पतालविरुद्ध काउन्सिलले थाल्यो छानविन

काठमाडौं, साउन २० : एक नवजात शिसुको उपचारमा लापरवाही गरेको उजुरी परेपछि नेपाल मेडिकल काउन्सिलले ग्राण्डि अस्पतालमाथि छानविन थालेको छ। 

....

ग्राण्डी अस्पतालविरुद्ध काउन्सिलले थाल्यो छानविन
रिवाज राई

काठमाडौं, साउन २० : एक नवजात शिसुको उपचारमा लापरवाही गरेको उजुरी परेपछि नेपाल मेडिकल काउन्सिलले ग्राण्डि अस्पतालमाथि छानविन थालेको छ। 

नेपाल मेडिकल काउन्सिलका सदस्य डा. ढुण्डीराज पौडेलले शिसुको उपचारमा खेलवाड भएको भन्दै सन्जिव न्यौपाने र एकता घिमेरेको उजुरीबारे आफुहरुले छानबिन गरिरहेको बताए। 

‘हामीले यो विषयमा ग्राण्डि अस्पतालमाथि अनुसन्धान जारी राखेका छौ’ पौडेलले काठमाडौंप्रेससँग भने, ‘ऐन अनुसार यस्तो मुद्दामा बिज्ञहरुको परामर्श अनिवार्य चाहिन्छ। त्यसैले अहिले बिज्ञहरु सहितको टोलीले अनुसन्धान जारी राखेको छ।’ 

ग्राण्डी अस्पतालले छोराको उपचारमा लापरवाही गरेको भन्दै काठ्माडौको लैनचौरका सन्जिवचन्द्र न्यौपाने र उनकी श्रीमती एकता घिमेरेले दोषीलाई कार्बाही गरिपाउँ भन्दै गत जेठ ८ गते नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका थिए।

न्यौपाने दम्पतीले २०७५ साल असार १२ गते ग्राण्डि अस्पतालमा छोरा जन्माएका थिए। जन्मेको केही बेरमै शिसुलाई निमोनिया भएको भन्दै सिसियुमा राखियोको उनीहरुले बताए । पछि बच्चाको टाउकोमा पानी जमेको थाहा भएपछि ३ महिनाको शिसुको टाउकोमा चार पटक सल्यक्रिया गरियो। 

त्यसपछि ९ महिना सम्म अल्ट्रा साउण्ड गरेर नियमित अस्पतालको फलोअपमा रहेका दम्पतीले फेरी चिकित्सकको सल्लाहा अनुसार ९ महिनामा बच्चाको पाँचौ पटक सल्यक्रिया गराए। 

बच्चाको उपचारमा ग्राण्डि अस्पतालका डा. अमित थापा लगायतको टोली संलग्न थियो। लामो समयसम्म बच्चाको जटिल अवस्था भएपछि न्यौपानेले अस्पतालले दिएको रिपोर्ट आफुले चिनेको डाक्टर र केही बिदेशी डाक्टरलाई देखाए। 

अस्पतालले ठिक हुन्छ उपचार गराइरहनुपर्छ भनिरहेकै बेला ९ महिना सहितको अस्पताल रिपोर्ट अस्पतालकै न्युरो सर्जनसँग फलोअफ जाँच  गर्दा  शिसुको दिमाग कत्तिपनि विकास नभएको र टाउकोको सबै भागमा पानी जमेको देखायो। जुन कुरा डाक्टरहरुले न्यौपाने दम्पतीसँग कहिल्यै भनेका थिएनन् । 

९ महिनासम्म मात्रै ३५ लाख बढी पैसा खर्च भएको न्यौपाने दम्पतीले बताएका छन्। अस्पतालको लापरवाहीले न त बच्चा स्वस्थ भयो, न त पैसा बच्यो । ‘ल्याव रिपोर्ट अनुसार समेत उपचार नभएकाले दोषी चिकित्सक र अस्तताललाई कार्बाही गराउन मुद्दा दर्ता गरिएको हो’ न्यौपानेले भने।
  
काउन्सिलका कार्यकारी अध्यक्ष नारायण बिक्रम थापाले उजुरीबारे छानबिन भइरहेकाले अस्पताल दोषी भए कानुन अनुसार कार्बाही गरिने बताए।

उनले भने, ‘अनुसन्धानपछि पछिको परिणामले दोषीलाई कार्बाही गर्ने, सचेत गराउने वा निलम्बन गर्न सक्ने सम्मको हुन सक्छ। अहिले अनुसन्धान जारी रहेकाले निस्पक्षढंगले घटनाको अनुसन्धान हुन्छ ।’ अस्पताल र चिकित्सकको लापरवाही भेटिएमा काउन्सिलले अस्पताललाई निलम्वनदेखि चिकित्सकको लाइसेन्स खारेजीसम्मको निर्णय गर्ने अधिकार कानुनले दिएको छ। 
 

प्रकाशित मिति: १३:४२ बजे, सोमबार, साउन २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्