Kathmandu Press

उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा बढ्यो

काठमाडौँ, असोज २० : काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ। वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आज काठमाडौँ उपत्यकासहित...
उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा बढ्यो

काठमाडौँ, असोज २० : काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ। वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आज काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो। वाग्मती प्रदेशमा १३ जिल्ला छन्। 

काठमाडौँ उपत्यका बाहिरको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरेको वाग्मती प्रदेश सरकारले काठमाडौँ उपत्यकामा भने किलोमिटरका आधारमा भाडा बढाएको हो। उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा शून्य किलोमिटरदेखि पाँच किलोमिटरसम्म १८, १० किलोमिटरसम्म २३, १५ किलोमिटरसम्म २७, २० किलोमिटसम्म ३० र २० किलोमिटरभन्दा माथि ३५ रूपैयाँ भाडादर कायम गरेको छ। 

Hardik ivf

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विसं २०७८ असार २७ को मन्त्रिस्तरको निर्णयानुसार यातायात व्यवस्था विभागबाट विसं २०७८ असार २९ गते अन्तर प्रदेश रुटको भाडा समायोजन गरेर प्रदेशभित्र सञ्चालन हुने छोटो रुटको हकमा प्रदेश सरकारबाट नै भाडा समायोजन गरिनुपर्ने कानूनी व्यवस्था गरेको थियो। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारी साधनमा भाडा वृद्धि गरे पनि ट्याक्सीको हकमा भाडा वृद्धि नगर्नु दुःखद् भएको बताए। ट्याक्सीमा पनि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: २१:१० बजे, बुधबार, असोज २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्