Kathmandu Press

उपचाररत बालिकाको मृत्युपछि पाँचथर अस्पताल तनावग्रस्त

पाँचथर, असोज २० : पाँचथर जिल्ला अस्पतालमा उपचाररत एक बालिकाको उपचारका क्रममा मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ। मृतक बालिकाका आफन्तले चिकित्सकको लापरवाहीका...
उपचाररत बालिकाको मृत्युपछि पाँचथर अस्पताल तनावग्रस्त

पाँचथर, असोज २० : पाँचथर जिल्ला अस्पतालमा उपचाररत एक बालिकाको उपचारका क्रममा मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ। मृतक बालिकाका आफन्तले चिकित्सकको लापरवाहीका कारण बालिकाको ज्यान गएको भन्दै शव उठाउन अस्वीकार गर्नुका साथै स्वास्थ्यकर्मीमाथि कारवाहीको माग राख्दै नाराबाजीमा उत्रिएपछि अस्पताल तनावग्रस्त बनेको छ। 

पाँचथरको फालेलुङ गाउँपालिका–८ स्थायी ठेगाना भई फिदिम नगरपालिका–२ मा बस्दै आएकी तीन वर्षीया बालिकाको उपचारका क्रममा आज बिहान ७ः३० बजे मृत्यु भएपछि मृतकका आफन्त आन्दोलित बनेका हुन्।

Hardik ivf

मङ्गलबार अस्पताल भर्ना भएकी बालिका आज ठिक भएपछि घर पठाउने तयारी भइरहेकै अवस्थामा आज बिहान उपचारकै क्रममा सुई लगाइएपछि अचानक बेहोस भएकी थिइन्। लगत्तै उनको मृत्यु भएको थियो। मृतक बालिकाका आफन्तले स्वास्थ्यकर्मीले गलत औषधि प्रयोग गर्नाले बालिकाको ज्यान गएको आरोप लगाएका छन्। स्वास्थ्यकर्मीले औषधिको प्रयोगपछि हुने आकस्मिक प्रतिक्रियाका कारण बालिकाको ज्यान गएको हुनसक्ने बताएका छन्। यद्यपि यस विषयमा जिल्ला अस्पतालले आधिकारिक जानकारी गराउन बाँकी छ। 

बिहानदेखि तनावग्रस्त बनेको अस्पताल अझै शान्त हुन सकेको छैन। घटनाका सम्बन्धमा बिहानबाटै छलफल भइरहे पनि समाधानमा पुग्न नसकिएको अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिए।

प्रकाशित मिति: २०:४३ बजे, बुधबार, असोज २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्