Kathmandu Press

प्रहरीद्वारा १९ किलो काइनेटिक ढुङ्गा बरामद

कर्णाली, असोज २० : जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट १९ किलो ४० ग्राम काइनेटिक ढुङ्गा बरामद गरेको छ।  जिप्रका सुर्खेतका अनुसन्धान अधिकृत (प्रहरी...
प्रहरीद्वारा १९ किलो काइनेटिक ढुङ्गा बरामद
प्रतिकात्मक फाेटाे

कर्णाली, असोज २० : जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट १९ किलो ४० ग्राम काइनेटिक ढुङ्गा बरामद गरेको छ।  

जिप्रका सुर्खेतका अनुसन्धान अधिकृत (प्रहरी निरीक्षक) कनकबहादुर शाही नेतृत्वको प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१२ नारायण टोलस्थित सुर्खेतबाट सो परिमाणको काइनेटिक ढुङ्गा बरामद गरेको हो। सोही टोलमा रहेको जयधनी बस्नेतको घरमा अवैध ढुङ्गाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा त्यहा पुगेर उक्त चीज बरामद गरेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए। 

Hardik ivf

‘बस्नेत र जुनीचाँदे गाउँपालिका ७ जाजरकोट घर भई वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतमा कोठा भाडामा बस्दै आएका ३२ वर्षीय रामकृष्ण घर्तीलाई बस्नेतकै घरमा शङ्कास्पदरूपमा कुराकानी गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएका छौँ,’ उनले भने, ‘जयधनीकै घरमा खान तलासी गर्दा तीनवटा प्लाष्टिकको कट्ठामा अवैध तरिकाले लुकाई छिपाइ राखेको कालो चीज (काइनेटिक ढुङ्गा) बरामद गरिएको छ।’ 

उनका अनुसार काइनेटिक ढुङ्गा दुई लाख रुपैयाँ बराबरको छ। नियन्त्रणमा लिइएका बस्नेत र घर्तीसहित बरामद चीज आवश्यक अनुसन्धानका लागि खानी तथा भूगर्भ विभाग शाखा कार्यालय सुर्खेतमा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०:३७ बजे, बुधबार, असोज २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्