Kathmandu Press

ठूलीभेरीले तीन घर बगायो, आठ घर जाेखिममा

रुकुम, साउन २० : पश्चिमी रुकुमको आठबिसकोट नगरपालिकामा ठूलीभेरी नदीले तीन घर बगाएको छ।

आठबिसकोट नगरपालिका–६ मनकाबगरका ४५ वर्षीय पत्रे ब....

ठूलीभेरीले तीन घर बगायो, आठ घर जाेखिममा

रुकुम, साउन २० : पश्चिमी रुकुमको आठबिसकोट नगरपालिकामा ठूलीभेरी नदीले तीन घर बगाएको छ।

आठबिसकोट नगरपालिका–६ मनकाबगरका ४५ वर्षीय पत्रे बोहरा र ४५ वर्षीय भीमबहादुर बोहराको घर बगाएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ। प्रहरीका अनुसार अर्को घर धनीको भने पहिचान खुल्न बाँकी रहेको छ।

त्यस्तै अन्य आठ घर ठूलीभेरी नदीको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुमित खड्काले बताए। जोखिममा परेका घर एक हप्ता अगाडि नै प्रहरी र स्थानीयको सक्रियतामा खाली गरिएका कारण अन्य क्षति भने हुन नपाएको उनको भनाइ छ।

जोखिममा रहेका आठ घर पनि खाली गरिएको छ। घर बगेका तथा घर जोखिममा परेका स्थानीय अन्यत्र शरण लिएर बसिरहेका छन्।

 

प्रकाशित मिति: १३:२५ बजे, सोमबार, साउन २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्