Kathmandu Press

‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : स्पोर्टस् क्यासल फाइनलमा

कास्की, असोज  २० : स्पोट्र्स क्यासल पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनल प्रवेश गरेको छ। पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा...
‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : स्पोर्टस् क्यासल फाइनलमा

कास्की, असोज  २० : स्पोट्र्स क्यासल पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनल प्रवेश गरेको छ। पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज सम्पन्न खेलमा ‘द राइजिङ’ क्लब धरानलाई ८–६ को गोल अन्तरले पराजित गर्दै घरेलु टोली क्यासल फाइनल प्रवेश गरेको हो । खेलमा क्यासलले सुरुआती अग्रता बनाए पनि जीतका लागि अन्तिमसम्म कडा सङ्घर्ष गर्नुपरेको थियो।

क्यासललाई जीत दिलाउन किशोर गुरुङ र सुमित श्रेष्ठले ह्याट्रिक गर्नुभयो भने सुरज गुरुङ र विजय गुरुङले समान एक÷एक गोल गरे। राइजिङका हेमन्त थापामगर, सुदीप गुरुङ र मिलन राईले दुईरदुई गोल गरे। खेलको ‘म्यान अफ दि म्याच’ स्पोर्ट्स क्यासलका किशोर गुरुङ चुनिए। उनले नगद पाँच हजार रुपैयाँ पुरस्कार पाए।

क्यासल लिग तालिकाको शीर्ष स्थानमा रहँदै ‘प्लेअफ’मा पुगेको थियो। यस्तै राइजिङले पनि दोस्रो स्थानमा रहँदै ‘प्लेअफ’को यात्रा तय गरेको थियो। यसैगरी आज शङ्खमूल फुटसल क्लब र सविन मेमोरियलबीचको ‘इलिमिनेटर’ खेलमा शङ्खमूल विजयी भएको छ। शङ्खमूलले तीनरदुईको गोल अन्तरले खेल जित्न सफल भयो।

शङ्खमूलका कृजल खड्काले दुई तथा जेनिश प्रजापतिले एक गोल गरे। शङ्खमूलले अब फाइनल प्रवेशका लागि बिहीबार ‘द राइजिङ’ क्लब धरानसँग खेल्नेछ। सविनका सरोज गुरुङ र मनोज गुरुङले गोल गरे। अखिल नेपाल फुटबल सङ्घले देशमा पहिलो पटक फुटसल लिग आयोजना गरेको हो। गत असोज २ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल असोज २२ गते सञ्चालन हुने आयोजकले जनाएको छ। 
 
लिगको विजेताले १० लाख रुपैयाँ, ट्रफी तथा उपविजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने लिग संयोजक एवं एन्फा फुटसल विभाग प्रमुख विनोद गुरुङले जानकारी दिए। लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीले जनही २५ हजार रुपैयाँका दरले नगद पुरस्कार तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।  

प्रकाशित मिति: १९:४६ बजे, बुधबार, असोज २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्