Kathmandu Press

अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने पक्राउ

काठमाडौं, असोज २० : नेपाल प्रहरीले अष्ट्रेलिया पठाइदिन्छ भनी रु १२ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।महानगरीय अपराध महाशाखाको टोलीले क्विन्सल्याण्ड...
अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने पक्राउ

काठमाडौं, असोज २० : नेपाल प्रहरीले अष्ट्रेलिया पठाइदिन्छ भनी रु १२ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन प्रालीको सञ्चालक रहेको बताउँदै अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ ठगी गर्ने विराटनगरका ४१ वर्षीय मणि निरौलालाई मङ्गलबार काठमाडौँको नयाँ बानेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो। 

पक्राउ निरौलाले म्याग्दी घर भई टोखा नगरपालिका बस्ने २४ वर्षीय सुजन खत्रीलाई अध्ययनका लागि डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छु भनी विश्वास दिलाइ प्रलोभनमा पारेर उक्त रकम ठगी गरेका थिए। निरौलाले सञ्चालन गरेको एजुकेशन प्राली हाल बन्द रहेको पाइएको छ। पक्राउ निरौलालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाइएको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १९:०९ बजे, बुधबार, असोज २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्