Kathmandu Press

परराष्ट्र नीति मुलुकको समग्र तस्वीर हो : मन्त्री खड्का

काठमाडौं, असोज २० : परराष्ट्रमन्त्री डा नारायण खड्काले मुलुुकको परराष्ट्र नीति आन्तरिक राजनीतिमा निर्भर रहने बताएका छन्। उनले भने, ‘घरेलु राजनीति एकताबद्ध र...
परराष्ट्र नीति मुलुकको समग्र तस्वीर हो : मन्त्री खड्का

काठमाडौं, असोज २० : परराष्ट्रमन्त्री डा नारायण खड्काले मुलुुकको परराष्ट्र नीति आन्तरिक राजनीतिमा निर्भर रहने बताएका छन्। उनले भने, ‘घरेलु राजनीति एकताबद्ध र ठिक छ, दलबीच कुनै विवाद छैन भने त्यसले परराष्ट्र नीतिलाई गतिलो आधार र दिशानिर्देश गर्छ।’ 

परराष्ट्र मन्त्रालय देशको ऐना भएको बताउँदै मन्त्री खड्काले भने, ‘परराष्ट्र नीति मुलुकको समग्र तस्वीर हो।’ प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्वारा आज आयोजित बधाई तथा शुुभकामना बैठकमा उनले भने, ‘हाम्रा कतिपय सम्बन्ध स्पष्ट छैन, कूटनीतिभन्दा पनि भावनामा बगेर गरिएका कारण समस्या पैदा भएको छ।’

Hardik ivf

भावनामा बढेर चलाएको कूटनीतिले कहिले पनि सकारात्मक नतिजा नदिने बताउँदै परराष्ट्रमन्त्री खड्काले भने, ‘यथार्थ नबुुझेर गरिएको कूटनीतिले समस्या पैदा गरेमा सम्हाल्न गाह्रो हुन्छ, सबैभन्दा ठूलो विषय भनेको कूटनीतिमा सन्तुलन कायम गर्न सक्नुपर्छ।’
 
राष्ट्रहित, स्वतन्त्रता, स्वाभिमान, क्षेत्रीय अखण्डता, विश्वशान्तिजस्ता आधारभूत सिद्धान्तबाट बाहिर नभई कूूटनीतिलाई अघि बढाउन आवश्यक रहेको बताउँदै उनले सरकार परिवर्तनसँगै नीति बदल्ने परिपाटीमा सुधारको खाँचो औँल्याए।
 
राष्ट्रहित भनेको दल विशेषको नभई साझा एजेण्डा भएको बताउँदै परराष्ट्रमन्त्री खड्काले एमसिसीलगायत विषय दलबीचको सहमतिका आधारमा छिनोफानो हुने स्पष्ट पारे। संयुुक्त राष्ट्रका महासभामा भाग लिने क्रममा भएका छलफल, विचारविमर्श र सम्बोधनबाट देशको शिर ठाडो राख्दै गौरव गर्ने काम भएको पनि उनले स्पष्ट गरे।

यसअघि बैठकमा सभापति र सदस्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका ज्ञान हासिल गर्नुुभएका खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरिएकाले नेपालको कूटनैतिक छविमा सुधार आउने विश्वास व्यक्त गर्दै उनलाई बधाई तथा शुुभकामना व्यक्त गरे।
 
संविधानको मर्म र भावनाअनुुरूप विषय विज्ञ, क्षमता र समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै राजदूूत नियुक्तिमा ध्यान पुु¥याउन पनि उनलाई सुुझाव दिइयो। सजगताका साथ छिमेकीसँग कुुशल कूटनीति सम्बन्ध कायम गर्न सल्लाह दिँदै सदस्यले परराष्ट्रमन्त्रीको योग्यता र क्षमताप्रति सबैको आशा र भरोसा भएकाले नेपालको कमजोर कूटनीतिलाई सुुदृढ तुुल्याउन सुुझाव दिए।

प्रकाशित मिति: १८:४४ बजे, बुधबार, असोज २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्