Kathmandu Press

कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्न माग

काठमाडौं, असोज २० : अनेरास्ववियुले कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीको क्षेत्रमा जनगणना गर्न माग गरेको छ। अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज विज्ञप्ति जारी गर्दै चुच्चे...
कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्न माग

काठमाडौं, असोज २० : अनेरास्ववियुले कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीको क्षेत्रमा जनगणना गर्न माग गरेको छ। 

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज विज्ञप्ति जारी गर्दै चुच्चे नक्शामा समेटिएको दार्चुला जिल्लामा पर्ने महाकाली पारीका गाउँ कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीका क्षेत्रमा राष्ट्रिय जनगणनामा गणना गर्न माग गरे। 

Hardik ivf

विज्ञप्तिमा भनिएको छ, ‘जनगणना गर्न भारतको बाटो भएर जानुपर्ने र यसका लागि पर्याप्त सुरक्षा चुनौती भएकाले सरकारले तत्काल दुई पक्षीय कूटनीतिक वार्तामार्फत समस्याको समाधान गरी जनगणना गर्न भारतीय बाटो भएर वा नेपालकै हवाई मार्ग प्रयोग गर्ने गरी नेपाली बस्ती र नेपाली नागरिकको सूचीकरण गर्न सुपरिक्षक पठाउन जोडदार माग गर्दछौं ।’ 

१२ औँ राष्ट्रिय जनगणना आगामी कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुँदैछ। 
 

प्रकाशित मिति: १६:३४ बजे, बुधबार, असोज २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्