दशैँमा आफ्ना कर्मचारीलाई नि:शुल्क बस र हवाई सेवा दिँदै सेना (रुटसहित)
काठमाडौं, असोज २० : नेपाली सेनाले बडादसैँका उपलक्ष्यमा सैनिक तथा तिनका आश्रित परिवारलाई सुविधा प्रदान गर्न काठमाडौं उपत्यकाबाट देशका १३ स्थानसम्म जान र आउन...काठमाडौं, असोज २० : नेपाली सेनाले बडादसैँका उपलक्ष्यमा सैनिक तथा तिनका आश्रित परिवारलाई सुविधा प्रदान गर्न काठमाडौं उपत्यकाबाट देशका १३ स्थानसम्म जान र आउन निःशुल्क बस सेवा र सात स्थानमा जानका लागि हवाई सेवा सुरु गरेको छ।
हिजोदेखि सुरु भएको सेवा असोज ३० गतेसम्म सञ्चालन हुने सेनाले जनाएको छ ।
सडक सञ्जालको सहज पहुँच पुगेका स्थानहरुमा बस सेवा र सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी/हिमाली क्षेत्रहरुमा हवाई उडान सञ्चालन गर्ने योजना सेनाको छ । हालसम्म बस सेवाबाट ५२० जना र हवाई उडानमार्फत ८६ जना लाभान्वित भएका छन् ।
प्रकाशित मिति: १६:०५ बजे, बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












