चार किलो सुनसहित चिनीयाँ नागरिक पक्राउ
काठमाडौं, साउन २० : चार किलोग्राम सुनसहित चिनीया नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
गए राति हङकङबाट काठमाडौं आलि....

काठमाडौं, साउन २० : चार किलोग्राम सुनसहित चिनीया नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
गए राति हङकङबाट काठमाडौं आलिएएका चिनीयाँ नागरिक लि निङबाट चार किलोग्राम सुन बरामद गरिएको विमानस्थल भन्सारले जनाएको छ। उनले ब्यागभित्र कपडाको बेल्टमा सुनका विस्कुट लुकाएर राखेको अवस्थामा बरामद गरिएको हो।
चिनीयाँ नागरिक लिबाट बरामद गरिएको सुन सक्कली भएको जनाएको छ। भन्सार कार्यालय गरेको परीक्षणमा सक्कली नै भएको विमानस्थल भन्सारका प्रमुख गजेन्द्र ठाकुरले बताए।
पक्राउ परेका चिनीयाँ नागरिकलाई लिलाई थप अनुसन्धान लागि प्रहरीको जिम्मा लगाएको छ।
प्रकाशित मिति: ११:५५ बजे, सोमबार, साउन २०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









