बागलुङमा पहिराेले पाँच घर पुरिए, तीनको मृत्यु, ६ घाइते
बागलुङ, साउन २० : गए राति १ बजे आएको पहिरोले बागलुङको तमानखोला गाउँपालिका–४ लामेलामा पाँच घर पुरेको छ।
घर पुरिँदा तीन जनाको मृत्यु भएक....

बागलुङ, साउन २० : गए राति १ बजे आएको पहिरोले बागलुङको तमानखोला गाउँपालिका–४ लामेलामा पाँच घर पुरेको छ।
घर पुरिँदा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। पहिरोमा परेर चन्द्रकुमारी श्रीपाली, प्रविण श्रीपाली र असारी श्रीपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका डीएस्पी झविन्द्रप्रसाद भट्टराईले पहिरोमा पुरिएको अवस्थामा उनीहरूको शव निकालिएको बताए।
पहिरोले घर पुरिँदा ६ जना घाइते भएका छन्। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाएको छ।
पहिरोले घर पुरिएको खबर पाएपछि आज बिहानदेखि स्थानीय बासिन्दा र प्रहरी टोली उद्धारमा खटिएको थियो।
प्रकाशित मिति: ११:३१ बजे, सोमबार, साउन २०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









