Kathmandu Press

भारतीय नोटसहित एक युवक पक्राउ

मङ्गलबारे, असोज २० : भारतीय नोटसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।सूर्योदय नगरपालिका फिक्कलका अनुप अग्रवाललाई ११ लाख भारतीय रुपैयाँसहित नियन्त्रणमा लिएको प्रहरीले...
भारतीय नोटसहित एक युवक पक्राउ

मङ्गलबारे, असोज २० : भारतीय नोटसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सूर्योदय नगरपालिका फिक्कलका अनुप अग्रवाललाई ११ लाख भारतीय रुपैयाँसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि प्रहरीले राजस्व अनुसन्धान कार्यालय इटहरी लगेको छ।

विशेष सूचनाका आधारमा उनले झोलामा बोकेको दुई हजार, ५००, २०० र १०० का नोट गरी जम्मा भारतीय रुपैयाँ ११ लाख नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। भारतीय रकमको स्रोत नखुलेपछि अग्रवाललाई पक्राउ गरेको बुझिएको छ।

मे १ च ६४२४ नंको कारबाट झापा जाँदै गर्दा अग्रवालका गाडीचालक पूर्णबहादुर कठेतसहित अग्रवाललाई नियन्त्रणमा लिइएको हो। अग्रवालले विगतदेखि नै फिक्कलमा बसी भारतीय नोटको कारोबार गर्दै आएको अनुमान प्रहरीले गरेको छ।
सटही काउन्टरसमेत सञ्चालन नगरी अग्रवालले भारतीय नोट सटहीको काम गर्दै आएको बुझिएको छ।

स्रोत नखुलेको पैसासहित पक्राउ गरिएपछि थप अनुसन्धान गरिने भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर तामाङले बताए। (रासस)

प्रकाशित मिति: ०७:४२ बजे, बुधबार, असोज २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्