Kathmandu Press

दसैँमा बन्दी प्रत्यक्षीकरणसहित अत्यावश्यक मुद्दाको सुनुवाइ हुने

काठमाडौं, असोज १९ : सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले दसैँका बेला बन्दी प्रत्यक्षीकरण र तत्काल सुनुवाइ गर्नुपर्ने मुद्दाको मात्र पेसी तोकी सुनुवाइ...
दसैँमा बन्दी प्रत्यक्षीकरणसहित अत्यावश्यक मुद्दाको सुनुवाइ हुने
Hardik ivf

काठमाडौं, असोज १९ : सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले दसैँका बेला बन्दी प्रत्यक्षीकरण र तत्काल सुनुवाइ गर्नुपर्ने मुद्दाको मात्र पेसी तोकी सुनुवाइ गर्ने निर्णय गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित सम्पूर्ण न्यायाधीशको आज बसेको पूर्ण बैठकले (फुलकोर्ट) दसैँका बिदामा अत्यावश्यक अवस्थामा बन्दी प्रत्यक्षीकरण र तत्काल सुनुवाइ गर्नुपर्ने मुद्दाका लागि न्यायाधीशको नाम तय गरेको छ। सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने, ‘फूलकोर्टको बैठकले दसैँ बिदामा बन्दी प्रत्यक्षीकरण र तत्काल सुनुवाइ गर्नुपर्ने मुद्दामा न्यायाधीशहरुको नाम तोक्ने निर्णय गरेको छ।’

यही असोज २१ गतेदेखि आगामी कात्तिक ३ गते कोजाग्रत पूर्णिका दिनसम्म सर्वोच्चसहित देशभरका सबै अदालतमा बिदा दिने निर्णय गरेको छ। सो अविधमा बन्दी प्रत्यक्षीकरणसहित र तत्काल सुनुवाइ गर्नुपर्ने मुद्दामा भने सुनुवाइ हुनेछ।

प्रकाशित मिति: २०:२५ बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्