एकीकृत समाजवादीको बागमती प्रदेश कमिटी गठन
काठमाडौं, असोज १९ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बागमती प्रदेश भेलाले २ सय ३१ सदस्यीय बागमती प्रदेश कमिटी गठन गरेको छ।काठमाडौंमा...
काठमाडौं, असोज १९ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बागमती प्रदेश भेलाले २ सय ३१ सदस्यीय बागमती प्रदेश कमिटी गठन गरेको छ।
काठमाडौंमा मंगलबार भएको भेलाले प्रादेशिक इन्चार्ज र सहइन्चार्ज, पदाधिकारीसहितको १७ सदस्यीय सचिवालय गठन गरेको हो । पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेले कमिटीका सदस्यलाई शपथ गराए । इन्चार्ज केदार न्यौपानेले कार्ययोजनासम्बन्धी विषय प्रस्तुत गरे भने स्थायी समिति सदस्य जीवनराम श्रेष्ठले कार्यविभाजनसम्बन्धी विषय प्रस्तुत गरे ।
प्रदेशमा सञ्चालन गरिने राजनीतिक गतिविधि, कार्य विभाजन, नेतालाई आवश्यकता अनुसारको जिम्मेवारी प्रदान गर्न छलफल गरिएको छ । संगठनलाई शुद्धीकरण, सुदृढीकरण र विस्तार गर्नेलगायत छलफल पनि भएको छ ।
स्थायी समिति सदस्य सावित्रा भुसालले आगामी दिनमा प्रदेश कमिटीलाई कसरी सशक्त बनाएर लैजाने, प्रदेशभित्र पर्ने, महानगर, उपमहानगर, नगर, वडालगायत स्थानीय तहका निर्वाचनमा कसरी सफल हुने भनेर संवेदनशील हुन आग्रह गरिन्।
परिवर्तित अवस्थामा पार्टीको केन्द्रीय तहसँग समन्वय र समझदारी गरी प्रभावकारी रूपमा राजनीतिक गतिविधिका साथै सामाजिक कार्यक्रम सञ्चालन गर्ने, जनताका समस्यालाई केन्द्रमा राखेर अगाडि बढ्न सहभागीले भेलाले सुझाव दिएका छन्।












