Kathmandu Press

तीन जना मृत अवस्थामा फेला

काठमाडौं, असोज १९ : कञ्चनपुर, बेदकोट नगरपालिका १ रडाहका एक पुरुष मृत अवस्थामा फेला परेका छन्। ४२ वर्षीय राज बहादुर शाह आफ्नै घर नजिक...
तीन जना मृत अवस्थामा फेला

काठमाडौं, असोज १९ : कञ्चनपुर, बेदकोट नगरपालिका १ रडाहका एक पुरुष मृत अवस्थामा फेला परेका छन्। 

४२ वर्षीय राज बहादुर शाह आफ्नै घर नजिक रहेको जंगलमा मंगलबार मृत अवस्थामा फेला परेका हुन। 

Hardik ivf

त्यस्तै, बाँके, नेपालगंज उपमहानगरपालिका १ मा २१ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्। 

बर्दिया राजापुर नगरपालिका ५ पहाडिपुरका रोहित थारु आफ्नै कोठा नजिक रहेको गायत्री मन्दिर ‍नजिक खुला चौरमा मंगलबार मृत अवस्थामा फेला परेका हुन्।

कास्की, पोखरा महानगरपालिका ९ नयाँबजार सिद्ध मार्गस्थित ढल झर्ने खोचमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १९:२० बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्