Kathmandu Press

जनगणनाका लागि घरपरिवारको सूचीकरण कार्य सम्पन्न

काठमाडौं, असोज १९ : राष्ट्रिय जनगणना २०७८ अन्तर्गत पहिलो चरणको घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएको छ।राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्याङ्क विभागबाट...
जनगणनाका लागि घरपरिवारको सूचीकरण कार्य सम्पन्न
Hardik ivf

काठमाडौं, असोज १९ : राष्ट्रिय जनगणना २०७८ अन्तर्गत पहिलो चरणको घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएको छ।

राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्याङ्क विभागबाट खटिएका सुपरीवेक्षकले सो कार्य पूरा गरेको र छुट भएका घर परिवार भएमा विभागको शुल्क नलाग्ने नम्बर ११७८ मा फोन गरेर जानकारी दिन सकिने विभागले जनाएको छ। सूचीकरणको विवरण विभागको वेबसाइटमा समावेश गरिएको छ। आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म जनगणनाको मूल गणना हुनेछ।

प्रकाशित मिति: १८:३० बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्