Kathmandu Press

अपहरण गरी बन्धक बनाएको अभियोगमा २ जना पक्राउ

काठमाडौं, असोज १९ : प्रहरीले अपहरण गरी बन्धक बनाएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। चन्द्रागिरी नगरपालिका ३ थानकोट डेरा गरी बस्ने एक...
अपहरण गरी बन्धक बनाएको अभियोगमा २ जना पक्राउ

काठमाडौं, असोज १९ : प्रहरीले अपहरण गरी बन्धक बनाएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। चन्द्रागिरी नगरपालिका ३ थानकोट डेरा गरी बस्ने एक महिलालाई डरत्रास देखाई अपहरण गरेको अभियोगमा आइतबार प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका ६ का ३७ वर्षीय धिरोज श्रेष्ठ र भक्तपुर चाँगुनारायण नगरपालिका १ सरस्वतीखेल का २९ वर्षीया रसिला अवाल रहेका छन्। 

Hardik ivf

उनीहरुले भक्तपुर चाँगुनारायण नगरपालिका १ सरस्वतीखेलस्थित घरमा उक्त महिलालाई बन्धक बनाई राखेका थिए।

महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पीडित महिलालाई बन्धक बनाई राखेको रसिलाको घरबाटै उद्धार गर्नुका साथै घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो। 
  
उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी परीसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १८:२७ बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्