प्रधानमन्त्रीकाे उपचार खर्च आफैँले व्यहोर्ने, विमान भाडा सरकारले तिर्ने
काठमाडौं, साउन १८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा आजदेखि सुरु भएको उपचार खर्च उहाँले आफै....
काठमाडौं, साउन १८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा आजदेखि सुरु भएको उपचार खर्च उहाँले आफैँ व्यहोर्ने जानकारी दिएका छन्।
सरकारका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो जानकारी दिएका हुन्।
सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री बाँस्कोटाले भने, ‘देशको प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना हामी सबैले गरेका छौँ । मन्त्रिपरिषद्ले पनि स्वास्थ्यलाभको कामना गर्दै त्यो प्रस्ताव स्वीकृत गरेको छ । उपचार खर्च स्वयम् प्रधानमन्त्रीजीले आफ्नै व्यवस्थापनमा गर्नुहुन्छ । यसमा कुनै अलमल छैन।’
मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीको उपचारका लागि सिंगापुर गएको टोलीको विमान भाडा भने सरकारले व्यहोरेको बताए । ‘प्रधानमन्त्रीज्यूको जुन टोली गएको छ, कर्मचारी संयन्त्रकोबाहेक अरु कसैको भ्रमण भत्ता र दैनिक भ्रमणभत्ता स्वीकृत गरिएको छैन’, उनले भने, ‘प्लेन खर्च आउने जाने मात्र हो । बाँकी त्यसमा निजी खर्च हुने छ । त्यो उहाँले निजी खर्चमा व्यवस्थापन गर्नुहुने छ।’
प्रधानमन्त्रीको उपचार मन्त्रिपरिषद्ले स्वीकृत गर्दा नै आतोजाते टिकटको प्रबन्ध गरेको बताए । भयो । खर्च के भयो भनेर । ‘कर्मचारीको कर्मचारीको टीएडीए र बसोबासको व्यवस्था गरेको छ’, उनले भने, ‘प्रधानमन्त्रीको आफ्नो सानो परिवारका सदस्यहरू यस्तो बेलामा परिवारको सहयोगको जरुरत पनि हुन्छ । परिवारको साथ सहयोग सबैलाई यो । यो कुनै खर्चवर्च र राजनीतिको विषय होइन।’
प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि शनिबार राति सिंगापुर प्रस्थान गरेका हुन्। उनकाे आजै स्वास्थ्य परीक्षण सुरु भएकाे छ । प्रधानमन्त्रीका साथ उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यसहित नौ सदस्य सहभागी छन्।






