६६औँ प्रहरी दिवस २०७८ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
कपिलवस्तु, असोज १९ : ६६औँ प्रहरी दिवस २०७८ को अवसरमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा सोही कार्यालयको प्राङ्गणमा एकदिने बृहत रक्तदान कार्यक्रम मंगलबार...
कपिलवस्तु, असोज १९ : ६६औँ प्रहरी दिवस २०७८ को अवसरमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा सोही कार्यालयको प्राङ्गणमा एकदिने बृहत रक्तदान कार्यक्रम मंगलबार सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाईटी कपिलवस्तुका जिल्ला शाखाका मन्त्री सन्तोष श्रीवस्तवले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो।
रक्तदान कार्यक्रममा प्रहरी उपरीक्षक दान बहादुर कार्कीसमेत ५५ जना प्रहरी कर्मचारी र पत्रकार महासंघ कपिलवस्तुका जिल्ला सचिव जानु पाण्डे गरी जम्मा ५६ जनाले रक्तदान गरेका थिए।
प्रकाशित मिति: १८:१३ बजे, मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












