सवारी साधनमा पाकेटमारी गर्ने र चोरी गर्ने २०७ जना पक्राउ
काठमाडौं, असोज १९ : काठमाडौं उपत्यकामा सवारी साधनहरूमा पाकेटमारी र चोरी गर्ने २०७ जनालाई विभिन्न स्थानबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ...
काठमाडौं, असोज १९ : काठमाडौं उपत्यकामा सवारी साधनहरूमा पाकेटमारी र चोरी गर्ने २०७ जनालाई विभिन्न स्थानबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।
उपत्यकाको सुरक्षा व्यवस्थालाई मजबुत बनाई महान चाँड दशै तिहारमा रिङरोड बाहिर र भित्री ईलाकामा चल्ने सार्वजनिक यातायातहरु, सपिङ महल, मुख्य(मुख्य मार्केटहरु लगायतमा पाकेटमारी हुन नदिन महानगरीय प्रहरी परिसर काठमाडौंले प्रहरी परिचालन गरी गत भदौ २५ गतेदेखि असोज १५ गतेसम्मको अवधिमा उनीहरूलाई पक्राउ गरेको हो।
विभिन्न कोड भाषा प्रयोग गरी पाकेटमारी तथा चोरी गर्दै गरेको अवस्थामा नगद, मोवाईल, गरगहना सहित उनीहरूलाई प्रहरीले फेला पारेको थियो।
उनीहरूमध्ये ४६ जना अनुसन्धान पूरा भई सरकारी वकिलको कार्यालयमार्फत् जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाउँदा कारागार चलान भएका छन् भने १ सय ६१ जना उपर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।












