Kathmandu Press

सब–इन्जिनियर केसी दुई लाख रुपैयाँ घुससहित पक्राउ

काठमाडौं, असोज १९ : जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बसुन्धरा, काठमाडौंमा कार्यरत सब–इन्जिनियर दिपेन्द्र कुमार के.सी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्...
सब–इन्जिनियर केसी दुई लाख रुपैयाँ घुससहित पक्राउ

काठमाडौं, असोज १९ : जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बसुन्धरा, काठमाडौंमा कार्यरत सब–इन्जिनियर दिपेन्द्र कुमार के.सी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । 

केसीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित मिति: १७:०६ बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्