Kathmandu Press

हिमानी शाहद्वारा ‘दैवी प्रकोप उद्धार कोष’को घाषणा

काठमाडौं, साउन १९ : पूर्वयुवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्ति परेकाहरुलाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने घोषणा गरेक....

हिमानी शाहद्वारा ‘दैवी प्रकोप उद्धार कोष’को घाषणा

काठमाडौं, साउन १९ : पूर्वयुवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्ति परेकाहरुलाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने घोषणा गरेकी छन्।

हिमानी ट्रष्टकी अध्यक्ष समेत रहेकी पूर्वयुवराज्ञी शाहले बाढी, पहिरो, डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउने गरी कोष स्थापना गर्न लागिएको बताइन्।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले पूर्व औरहीका अग्नी पीडित, पश्चिम खारापानीका बाढी पीडित, सुर्खेतका बाढीपीडितलाई राहत दिन पनि कोष स्थापना गर्नु परेको बताइन्।

पूर्व युवराज्ञी शाहले कोषमार्फत् विपत्तिमा परेका बाढी, पीडितलाई राहत दिन पूर्वराजा ज्ञानेन्द्र शाहका सन्देशहरुको संग्रहित पुस्तक विक्री वितरणमा राखिएको जानकारी दिएकी छन्।

हिमानी ट्रष्टले सामाजिक सेवाअन्तर्गत भूकम्प पीडितलगायतकालाई पनि राहत वितरण गर्दै आएको बताइन्।

प्रकाशित मिति: १५:५८ बजे, आइतबार, साउन १९, २०७६