खोज पत्रकारिता केन्द्रको अध्यक्षमा चन्द्रकिशोर
काठमाडौं, असोज १९ : खोज पत्रकारिता केन्द्र (खोपके) को अध्यक्षमा पत्रकार चन्द्रकिशोर झा सर्वसम्मत चयन भएका छन्। खोपकेको आज सम्पन्न साधारणसभाले चन्द्रकिशोरको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति...
काठमाडौं, असोज १९ : खोज पत्रकारिता केन्द्र (खोपके) को अध्यक्षमा पत्रकार चन्द्रकिशोर झा सर्वसम्मत चयन भएका छन्।
खोपकेको आज सम्पन्न साधारणसभाले चन्द्रकिशोरको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो। संस्थाको उपाध्यक्षमा पत्रकार निर्मला शर्मा, महासचिवमा रामजी दाहाल र कोषाध्यक्षमा रामेश्वर बोहरालाई चयन गरिएको छ ।
त्यसैगरी थप दुई सदस्यपछि मनोनयन गर्ने गरी पत्रकार हरिबहादुर थापा, लक्ष्मी बस्नेत र राजाराम गौतमलाई सदस्यमा चयन गरिएको छ।
प्रकाशित मिति: १५:५७ बजे, मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












