Kathmandu Press

राजविराजमा ‘नो मास्क, नो सर्भिस’ अभियान सुरु

राजविराज, असोज १९ : कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै राजविराजमा माक्स प्रयोग सुनिश्चितता शुभारम्भ गरिएको छ। प्रदेश–२ सरकारका समाजिक विकास मन्त्रालय तथा युनिसेफ र...
राजविराजमा ‘नो मास्क, नो सर्भिस’ अभियान सुरु

राजविराज, असोज १९ : कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै राजविराजमा माक्स प्रयोग सुनिश्चितता शुभारम्भ गरिएको छ। प्रदेश–२ सरकारका समाजिक विकास मन्त्रालय तथा युनिसेफ र लाइफ नेपाल धनुषाका सहयोगमा यहाँ स्थित गजेन्द्र चौकमा आजदेखि सो अभियान सुरु गरिएको हो।

कार्यक्रममा ‘नो मास्क, नो सर्भिस, नो मास्क, नो टक, नो मास्क इन्ट्री’ नाराका साथ प्रदेश सरकारले कोरोनाबाट जोगाउन नागरिकहरुलाई मास्क वितरण गर्न लागिएको जानकारी दिइएको थियो।

Hardik ivf

प्रदेश सरकारका समाजिक विकासमन्त्री नवलकिशोर साहले कोरोना महामारीबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरे। उनले गरिब जनताका लागि प्रदेश सरकारले निःशुल्क मास्क उपलब्ध गराउने जानकारी दिए। प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले दसैँ, तिहार तथा छठ पर्वमा भीडभाड कमी गर्न र टोलटोलमा मास्कको प्रयोगबारे अभियान जारी राख्न आग्रह गरे। 

जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवको अध्यक्षतामा आयोजना गरेको कार्यक्रममा राजविराज नगरपालिका नगरप्रमुख शम्भु यादव, प्रदेश  नं २ निर्देशनालय स्वास्थ्य निर्देशक विजयकुमार झा, नागरिक  समाज थान सिंह भन्साली, प्रमुख साधना झा, नेपाल रेडक्रस सोसाइटी अध्यक्ष जोगेन्द्र  भगत र सुरक्षा निकाय सप्तरी युथ नेपाल सबल नेपाल युनिसेफलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो। 

यसैगरी तपाईंको मास्क खै ? भन्दै उनीहरुले निःशुल्क मास्क वितरणसमेत गरेका थिए।
 

प्रकाशित मिति: १४:४८ बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्