Kathmandu Press

अमेरिकामा आजै दाेस्राे गोलीकाण्ड, नौको मृत्यु, १६ घाइते

काठमाडौं, साउन १९ : अमेरिकामा आजै फेरि अर्को गोली प्रहारको घटना भएको छ। दोस्रो गोली प्रहारको घटनामा नौ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।<....

अमेरिकामा आजै दाेस्राे गोलीकाण्ड, नौको मृत्यु, १६ घाइते

काठमाडौं, साउन १९ : अमेरिकामा आजै फेरि अर्को गोली प्रहारको घटना भएको छ। दोस्रो गोली प्रहारको घटनामा नौ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

ओहायो राज्यस्थित डेटनमा भएको दोस्रो गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले गोली चलाउने व्यक्तिको मृत्यु भएको बताएको छ।

गोलीकान्डमा १६ जना घाइते भएका छन्। उनीहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ।

यस अघि टेक्सासमा गोली प्रहार भएको थियो। त्यसमा २० जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए।

त्यो घट्नाको भएको केही घण्टामै दोस्रो घटना भएको हो।

याे पनि : अमेरिकामा फेरि बन्दुक आक्रमण, २० को मृत्यु, २६ घाइते

प्रकाशित मिति: १५:२६ बजे, आइतबार, साउन १९, २०७६