सयभन्दा बढी संगीतकारहरुले अफगानिस्तान छाडे
सिड्नी, असोज १९ : तालिबानले देश कब्जा गरेपछि काबुलबाट एक सयभन्दा बढी संगीतका विद्यार्थी र शिक्षकहरूले अफगानिस्तान छाडेका छन्।अफगानिस्तानको शीर्ष म्यूजिकल इन्स्टिच्युटका १०१ सदस्यहरू...
सिड्नी, असोज १९ : तालिबानले देश कब्जा गरेपछि काबुलबाट एक सयभन्दा बढी संगीतका विद्यार्थी र शिक्षकहरूले अफगानिस्तान छाडेका छन्।
अफगानिस्तानको शीर्ष म्यूजिकल इन्स्टिच्युटका १०१ सदस्यहरू सोमबार साँझ दोहा आइपुगेका छन् । उक्त समूहका अहमद सरमस्तले देशको नयाँ तेतृत्वबाट गीत–संगीत क्षेत्रमा दमन हुन सक्ने भयले देश छाडेको जनाएका छन्।
अफगानिस्तान नेशनल इन्स्टिच्युट अफ म्युजिकका संस्थापक सरमास्तले भने, ‘ती महिला र केटीहरूमध्ये लगभग आधा महिला र केटीहरू त्यहाँको सरकारको सहयोगमा पोर्चुगल जाने योजनामा छन्।’
काबुलस्थित कतारी दूतावासको सहयोगमा संगीतका हरूलाई सानो–सानो समूहमा विभाजित गराएर शहरको विमानस्थलसम्म पुर्याइएको थियो। तालिबानी लडाकुहरूले काबुलमा कब्जा जमाएपछि तालिबानीहरूले विमानस्थलको व्यवस्थापन गरिरहेका थिए।
तालिबानीहरूले महिला तथा बालबालिकालाई बाहिर जान अवरोध गरिरहेका थिए तर कतारी अधिकारीहरूले भने त्यसको सहज व्यवस्थापन गरिदिएका थिए ।












