Kathmandu Press

जुम्लामा २५ भेडाका पाठा जले

जुम्ला, असोज १९ : जुम्लाको हिमा गाउँपालिका(२ स्थित भेडा गोठमा आगलाागी हुँदा २५ भेडाका पाठा जलेर नष्ट भएका छन्।स्थानीयबासी वीरबहादुर शाहीले सोमबार दिउँसो गोठमा...
जुम्लामा २५ भेडाका पाठा जले

जुम्ला, असोज १९ : जुम्लाको हिमा गाउँपालिका(२ स्थित भेडा गोठमा आगलाागी हुँदा २५ भेडाका पाठा जलेर नष्ट भएका छन्।

स्थानीयबासी वीरबहादुर शाहीले सोमबार दिउँसो गोठमा आगलागी हुँदा ती पाठासहित लत्ताकपडा र भाँडाकुँडा जलेर नष्ट भएको जानकारी दिए। 

चार हजार मिटर उचाइमा रहेको सो गोठमा किसान दत्तबहादुर शाही, धनबहादुर रोकायासहित १२ जनाका पाठा थिए।

किसान रोकायाले नयाँ पाठा अनुदान दिन प्रदेश सरकार समक्ष  माग समेत गरे।रासस 

प्रकाशित मिति: १३:२४ बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्