वर्षाका कारण खेल रद्द हुँदा काठमाडौं प्लेअफमा
काठमाडौं, असोज १९ : एभरेस्ट प्रियिमर लिगअन्तर्गतको लिग चणको अन्तिम खेल वर्षका कारण रद्द भएको छ। मंगलबारका लागि तय भएको भैरहवा ग्लाडियटर्स र काडमाडौं...
काठमाडौं, असोज १९ : एभरेस्ट प्रियिमर लिगअन्तर्गतको लिग चणको अन्तिम खेल वर्षका कारण रद्द भएको छ। मंगलबारका लागि तय भएको भैरहवा ग्लाडियटर्स र काडमाडौं किंग्स इलावेनबीचको खेल सोमबार राति परेको वर्षका मैदान ओसिलो भएपछि रद्द भएको छ।
यो खेल रद्द भएपछि दुवै टिमले अंक बाँडेका छन्। योसँगै काठमाडौं चौथो टिमका रुपमा प्लेअफमा पुगेको छ। भैहरवासँग पराजित भएको अवस्थामा काठमाडौं प्लेअफमा पुग्न असफल हुने थियो ।
५ खेलमा ३ अंक जोडेको काठमाडौंले डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिओट्सलाई रेनरेटमा पछि पा¥यो । यता, अंक बाँडेपछि भैरहवा पनि ७ अंकसहित दोस्रो हुँदै प्लेअफमा पुगेको छ। चिवतन टाइसर्गस ८ अंकसहति शीर्ष स्थानमा रहँदै प्लेअमा पुग्दा ७ अंक नै जोडेको पोखरा तेस्रो हुँदै प्लेअफ पुग्यो ।
शीर्ष दुईमा रहेका चिवतन र भैरहवाले क्लालिफायर १ खेल्ने छन् भने तेस्रो र चौथो बनेका पोखरा र काठमाडौंले एलिमिनेटर खेल्ने छन्। क्वालिफायर १को विजेता सिधै फाइलन पुग्ने छ भने हार्ने टिमले अर्को मौका पाउने छन् । हार्ने टिमले क्वालिफायर २मा पोखरा र काठमाडौंबीचको विजेतासँग खेल्ने छ । र, जित्ने टिम फाइलन पुग्ने छ।
चितवन र भैरहवाबीचको क्वालिफायर १ बुधबार बिहान ९ः१५ मा हुने छ भने पोखरा र काठमाडौंबीचको एलिमिनेटर बुधबार नै दिउँसो १ः१५ हुनेछ।











