Kathmandu Press

चोरिएका २१ मोटरसाइकल बरामद गरी ट्राफिक प्रहरीले सम्बन्धितलाई जिम्मा लगायो

चोरिएका २१ मोटरसाइकल बरामद गरी ट्राफिक प्रहरीले सम्बन्धितलाई जिम्मा लगायो

काठमाडौं, असोज १९ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट हराएकामध्ये २१ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। हस्तान्तरण गरिएका २४ मध्ये १० वटा मोटरसाइकल र ११ वटा स्कुटर रहेका छन।

ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले खोजतलास गरि विभिन्न स्थानबाट नियन्त्रणमा लिएका मोटरसाइकलहरु महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरे । 

Hardik ivf

हस्तान्तरण कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले विशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको इलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको र चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी तत्कालै विभिन्न प्रहरी वृत्तहरुमा पठाइएको जानकारी दिए। 

पछिल्लो समय उपत्यकाबाट दुईपाङ्ग्रे सवारी साधनमध्ये डियो स्कुटर र पल्सर मोटरसाइकल बढि चोरी हुने गरेको महाशाखाको तथ्याङ्कले देखाएको छ। 

धनीले दिएको निवेदन हुलियाको आधारमा विभिन्न पार्किङ्ग स्थलहरुबाट समेत नियन्त्रणमा लिएका महाशाखाले जनाएको छ।

महाशाखाले पछिल्लो समय सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियानलाई प्रभावकारी एव परिणाममुखी बनाउन सादा पोशाकमा थप ट्राफिक प्रहरी परिचालन गरेको छ।

यस आर्थिक वर्षमा हराएका ३२६ मोटरसाइकल मध्ये १४६ मोटरसाइकल नियन्त्रणमा लिएको छ। १४६ मध्ये १२२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको र अन्य २४ वटाको धनी पत्ता लगाउने कार्य भइरहेको महाशाखाले जनाएको छ।

मोटरसाईकल चोरीमा संलग्न १९ जना व्यक्तिलाई विभिन्न स्थानहरुबाट चोरीका मोटरसाइकलसहित पक्राउ गरि सम्बन्धित प्रहरी वृत्तहरुमा कारबाहीको लागी पठाएकोसमेत महशाखाले जनाएको छ।
 

प्रकाशित मिति: १२:३३ बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्