अवैध लागूऔषधसहित दुई पक्राउ
काठमाडौं, असोज १९ : पर्साको कालिकामाई गाउँपालिका–१ मुर्लीबाट २ केजी अवैध लागूऔषध गाँजासहित सोही गाउँपालिका तिनदुबिया बस्ने ३० वर्षीय लोकराज पटेललाई सोमबार साँझ प्रहरीले...
काठमाडौं, असोज १९ : पर्साको कालिकामाई गाउँपालिका–१ मुर्लीबाट २ केजी अवैध लागूऔषध गाँजासहित सोही गाउँपालिका तिनदुबिया बस्ने ३० वर्षीय लोकराज पटेललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय कालिकामाईबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो।
यस्तै, बाराको जितपुर सिमरा उपमहानगरपालिका–२० बस्दिल्बा बस्ने ५० वर्षीय इजराइल मियाँ अन्सारीलाई करिब १३ केजी अवैध लागूऔषध सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १२:१२ बजे, मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












