Kathmandu Press

दूधको मोल १० रुपैयाँले बढ्दै

काठमाडौं, साउन १९ : दूधको मुल्य बढ्ने भएको छ। आउदो भदौ १ गतेदेखि दूधको मुल्य बढाउन लागिएको हो।

नेपाल डेरी एसोसिएसनसँगको छलफल पछि भदौ १ गतेदे....

दूधको मोल १० रुपैयाँले बढ्दै

काठमाडौं, साउन १९ : दूधको मुल्य बढ्ने भएको छ। आउदो भदौ १ गतेदेखि दूधको मुल्य बढाउन लागिएको हो।

नेपाल डेरी एसोसिएसनसँगको छलफल पछि भदौ १ गतेदेखि दूधको मुल्य बढाउन सरकार सहमत भएको छ। ‘अहिले दूधको मुल्य नबढेको दुई वर्ष भयो। अब भदौ  १ गतेदेखि लागू हुने गरी मूल्य बढ्ने तयारी गरिएको छ,’ नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले भने।

उनका अनुसार, भदौ १ गतदेखि प्रतिलिटर १० रुपैयाँका दरले दूधको मुल्य बढाइनेछ। ‘हरेक चिजको मुल्य बढेको छ। गाईवस्तुलाई खुवाउने दानालगायत सबै महंगिएका छन्। दूधको उत्पादन कम छ। अब मुल्य बढाउन पर्छ भनेर हामीले नै सरकारलाई भनेको हौं,’ अध्यक्ष सापकोटाले काठमाडौं प्रेससँग भने।

डेरी एसोसिएसनले नेपाली डेरी उद्योग, केन्द्रिय दुध संस्थान र कृषिमन्त्रीसँग छलफल गरेको छ। दूधको मुल्य बढाउन सबै सहमत भएको अध्यक्ष सापकोटाले बताए।

दुई वर्षदेखि दूधको मुल्य नबढ्दा किसान पनि मर्कामा परेका छन्। यसले डेरी उद्योग पनि समस्या परेको जनाएको छ। यस विषयमा कृषि तथा पशुपंक्षी  विकासमन्त्री चक्रपाणि खनालसँग पनि छलफल गरिएको जनाएको छ।

राष्ट्रिय दुग्ध विकास बोर्डका महासचिव रामप्रसाद आचार्यले पनि दूधको मुल्य बढ्न लागेको बताए। भदौ १ गतेदेखि लागू हुने गरी प्रति लिटर १० रुपैयाँका दरले बढ्ने विश्वस्त रहेको बताए। ‘दुधको मूल्य बढ्नेमा ढुक्क छौं। मन्त्रीज्यूले मुल्य बढ्नेमा विश्वस्त पार्नु भएको छ,’ महासचिव आचार्यले भने।

दूधको मुल्य नपाएको भन्दै किसान पनि गुनासो गर्दै आएका छन्। यस विषयमा कृषि तथा पशुपंक्षी मन्त्रालयले केही दिनभित्रै निर्णय गर्ने तयारी गरेको जनाएको छ।

प्रकाशित मिति: १३:४४ बजे, आइतबार, साउन १९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्