Kathmandu Press

चितवनमा ६ मेडिकललाई कारबाही

चितवन, असोज १९ : चितवनको भरतपुरमा सञ्चालनमा रहेका ६ मेडिकललाई स्थानिय प्रशासनले कारबाही गरेको छ। भरतपुरको चौबिस कोठीमा सञ्चालनमा रहेका ति मेडिकललाई कारबाही स्वरुप...
चितवनमा ६ मेडिकललाई कारबाही

चितवन, असोज १९ : चितवनको भरतपुरमा सञ्चालनमा रहेका ६ मेडिकललाई स्थानिय प्रशासनले कारबाही गरेको छ। भरतपुरको चौबिस कोठीमा सञ्चालनमा रहेका ति मेडिकललाई कारबाही स्वरुप रु पाँच हजारदेखि रु तीन लाखसम्म जरिवाना गरिएको छ। 

जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखाका नायव सुब्बा गोपीचन्द्र दवाडीका अनुसार कारबाहीमा पर्नेमा नवल टेन्टल क्लीनिक, भरतपुर पोलिक्लीनिक, नवल पोलिक्लिनिक, मिराकल फर्मा, रिजन फार्मेसी र अपोलो टेन्टल छन्। 

Hardik ivf

उपभोक्ता संरक्षण विभागले तोकेको बजार निरीक्षण अधिकृत सहायक प्रमुख जिल्ला अधिकारीले ती संस्थालाई कारबाही गरेका हुन्। सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माका अनुसार नवल टेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक र नवल पोलिक्लिनिकलाई रु तीन÷तीन लाख जरिवाना गरिएको छ। 

मिराकल फर्मालाई रु दुई लाख ५० हजार, रिजन फार्मेशिलाई रु २० हजार र अपोलो डेन्टल क्लीनिकलाई रु पाँच हजार जरिवाना तोकिएको उनले जानकारी दिए।

मापदण्ड पूरा नगरेको, खरिद बिक्री बिल नराखेको, दक्ष जनशक्तिको नियुक्त र शैक्षिक प्रमाणपत्र नराखेको, बढी मूल्यमा बिक्री गरेको, समय सकिएका औषधि छुट्टै नराखि एकै ठाउँमा राखेको, अनुमति नलिई सञ्चालन गरेकोलगायत कारण उनीहरुलाई कारबाही गरिएको शर्माले बताए। 

चाड पर्वको समयमा स्थानीय प्रशासनले अनुगमनलाई तीव्र पारेको छ।  

प्रकाशित मिति: १०:१४ बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्