Kathmandu Press

बबईमा डुबेर एक जनाको मृत्यु, एक बेपत्ता

बर्दिया, असोज १९ : बर्दियाको बबई नदीमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ। अर्का एक व्यक्ति बेपत्ता भएका छन्। बाग्लुङ घर भएका हुकुम विकको...
बबईमा डुबेर एक जनाको मृत्यु, एक बेपत्ता
Hardik ivf

बर्दिया, असोज १९ : बर्दियाको बबई नदीमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ। अर्का एक व्यक्ति बेपत्ता भएका छन्। 

बाग्लुङ घर भएका हुकुम विकको डुबेर मृत्यु भएको हो। बारबर्दियाका लेखनाथ पौडेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

बेपत्ता पौडेलको खोजी गर्न बबई नदी तटिय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। उनको खोजीमा नदी तटीय क्षेत्रका बासिन्दा समेत जुटेका छन्।   
 

प्रकाशित मिति: ०९:३२ बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्