Kathmandu Press

सबै आर्थिक क्रियाकलापलाई करको दायरमा ल्याउन अर्थमन्त्रीकाे निर्देशन

काठमाडौं, साउन १९ : अर्थमन्त्री डा. युवराज खतिवडाले सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउन राजस्व अनुसन्धान विभागलाई निर्देशन दिएका छन्।

....
सबै आर्थिक क्रियाकलापलाई करको दायरमा ल्याउन अर्थमन्त्रीकाे निर्देशन

काठमाडौं, साउन १९ : अर्थमन्त्री डा. युवराज खतिवडाले सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउन राजस्व अनुसन्धान विभागलाई निर्देशन दिएका छन्।

अर्थमन्त्री खतिवडाले मुलुकको विकास, निर्माण र सामाजिक सुरक्षाको कार्यक्रमलाई दीगो र प्रभावकारी बनाउन आवश्यक आर्थिक व्यवस्था गर्न सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउनैपर्ने बताए।

आईतबारबाट ललितपुरमा सुरु भएको व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै उनले सरकारले सबै क्षेत्रको आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याएर राजस्व संकलन गरी निजी क्षेत्रलगायत सबै नागरिकलाई सामाजिक सुरक्षा र मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने लक्ष्य लिएको बताए।

‘हाम्रो उद्देश्य व्यवसाय गर्नेहरु बीचमा स्वच्छ, पारदर्शी प्रतिस्पर्धा रहोस्, मुलुकमा व्यवसायिक वातावरण बनोस्, लगानीको वातावरण बनोस्,’ अर्थमन्त्री खतिवडाले भने, ‘स्वच्छ कर प्रशासनको माध्यामबाट राजस्व संकलन गरेर निजी क्षेत्रलगायत सबै नागरिकलाई सामाजिक सुरक्षाको व्यवस्था र विकास निर्माणको कामलाई अघि बढाउन सकियोस्।’

अर्थमन्त्री खतिवडाले राजस्व संकलन तीन वर्षयता सन्तोष गर्ने ठाउँमा रहेपनि उत्साहजनक नरहेकाले सरकारले सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउने कामलाई जोड दिएको बताए। उनले सरकारले स्वच्छ र पारदर्शी व्यवसाय चाहेको पनि बताए।

प्रकाशित मिति: १३:०५ बजे, आइतबार, साउन १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्