'अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक सवारीसाधनको भाडामा छुट हुनुपर्छ'
काठमाडौं, असोज १८ : अपाङ्गता भएका व्यक्तिलाई कानूनअनुसार सार्वजनिक यातायातको आरक्षित सिट र भाडामा छुट उपलब्ध गराउनुपर्ने सरोकारवालाहरुले आज माग गरेका छन्।उनीहरुले...
काठमाडौं, असोज १८ : अपाङ्गता भएका व्यक्तिलाई कानूनअनुसार सार्वजनिक यातायातको आरक्षित सिट र भाडामा छुट उपलब्ध गराउनुपर्ने सरोकारवालाहरुले आज माग गरेका छन् ।
उनीहरुले कानूनमा आएको कुरा कार्यान्वयन हुनुपर्छ भन्दै सरकारले अपाङ्गताहरुलाई उच्च शिक्षा अध्ययनका विशेष व्यवस्था गर्न सुझाव दिए ।
कोसिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठन ललितपुरद्वारा प्रदेश नं १ स्तरीय सरोकारवालाहरुसँग अपाङ्गसम्बन्धी ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिनियमहरुको कार्यान्वयनको अवस्था चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँहरुले तीन तहको सरकारले अपाङ्गहरुलाई स्वआर्जन, जीवनोपयोगी सीप र तालिमका लागि व्यवस्था गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेश नं १ सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख दुर्गा भण्डारी, जिल्ला शिक्षा शिक्षा समन्वय इकाइ मोरङका प्रमुख टङ्क गौतम र कोसिस परियोजना प्रदेश संयोजक राजेन्द्रकुमार यादवले सबै किसिमका भौतिक संरचना निर्माण अपाङ्ग मैत्री हुनुपर्ने, सार्वजनिक संस्थामा साङ्केतिक भाषा ज्ञान भएका एकजनाको नियुक्ति हुनुपर्ने सुझाव दिए ।
राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, २००६ कार्यपत्र र सदस्य सञ्जयराज न्यौपानेले मनोसामाजिक अपाङ्गतासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। प्रदेशमा करिब एक लाख अपाङ्ग भएका व्यक्तिहरु रहेका छन् ।












